Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यू–१९ विश्वकप एसिया छनोट : नेपाल–अफगानिस्तानको खेल वर्षाले रद्द, रनरेटका आधारमा अफगानिस्तान छनोट



काठमाडौं, वैशाख ७ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीच हुने निर्णायक खेल वर्षाका कारण रद्द भएको छ। दुबईमा शनिबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको खेल मैदान भिजेका कारण हुन सकेन।

नेपाल र अफगानिस्तान दुवै टोली यसअघि खेलेका तीन–तीन खेलमा अपराजित रहँदै अन्तिम खेलमा आमनेसामने हुने तय भएको थियो। आजको खेल विजेता टोली २०२६ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुने थियो। तर, मौसमले साथ नदिएपछि नेट रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा स्थान सुरक्षित गर्न सफल भएको छ।

नेपालले यसअघिका खेलमा युएईलाई ५ रनले, ओमनलाई ८ विकेटले र हङकङलाई ९ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेटले तथा युएईलाई १८० रनको विशाल अन्तरले हराउँदै उच्च रनरेट कायम गरेको थियो।

खेल रद्द भएपछि नेपाली टिमका समर्थक र खेलाडीहरूमा निराशा छाएको छ। बलियो प्रदर्शनका बाबजुद वर्षाको कारण अवसर गुमाउनु परेपछि नेपाल क्रिकेट संघ ९क्यान०ले पनि सामाजिक सञ्जालमार्फत असन्तोष व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार