Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले विराटनगर अधिवेशन : आज प्रतिनिधि छनोट हुँदै



विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनका लागि आज सबै वडामा प्रतिनिधि छनौटको काम भइरहेको छ।

विराटनगरका १९ वटै वडामा आज प्रतिनिधि छनोट हुने र भोलि जनसंगठनहरूको तर्फबाट प्रतिनिधि छनोट गरिने विराटनगर महानगर कमिटीका सचिव बलराम गिरीले जानकारी दिए।

गिरीका अनुसार अहिलेसम्ममा विराटनगरको वडा नम्बर ११ वडा नं १३ र वडा नम्बर ८ मा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ। अन्य वडामा भने प्रतिनिधि छनोटको काम भइरहेको उनले जानकारी दिएका छन्।

प्रतिनिधि छनोट सर्वसम्मत रुपमा हुने उनले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार