जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेश सभालाई सम्बोधन गर्दै छन् । दिउँसो मधेस प्रदेशसभामा सम्बोधन गरेपछि उनी सिरहातर्फ प्रस्थान गर्दै आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधनका लागि दिउँसो १ बजे बैठक आह्वान गरिएको छ। सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसदहरूलाई अनिवार्य सहभागिताका लागि सूचना जारी गरिसकेको जानकारी दिए।
प्रदेशसभा सम्बोधनपछि प्रधानमन्त्री ओली सिरहाको सदरमुकामतर्फ प्रस्थान गर्नेछन्। त्यहाँ हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको यो दौड आगामी निर्वाचन, मधेसप्रतिको केपी ओलीको ‘नयाँ सन्देश’, र प्रदेशसँगको सम्बन्ध सुधार्ने प्रयासका रूपमा हेरिएको छ।