Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जेल चलान हुँदै गर्दा रविले भने – ‘अदालतप्रति सम्मान छ ‘



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले गरेको आदेशलगत्तै पक्राउ परेका लामिछानेलाई आज सोमबार कारागार चलान गरिएको हो ।

लामिछानेलाई पक्राउ गरेको भोलिपल्ट शनिबार भैरहवा लगिएको थियो । शनिबार र आइतबार हिरासतमा बिताएका लामिछानेलाई आज कारागार चलान गरिएको हो । कारागार चलान हुँदै गर्दा उनले अदालतको आदेशमा केही प्रतिकृया रहेको बताए । उनले अदालतप्रति आफ्नो सम्मान रहेको भन्दै केही प्रतिकृया नरहेको बताए ।

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ । यो कारागार ९० वर्ष पुरानो हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार