विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका संरचनाहरुलाई पूर्णता दिन यो वर्ष भित्र जग्गा प्राप्तिको कार्य सम्पन्न गर्ने बताएकाछन ।
दोश्रो निर्वाचनपछि लगभग आमसहमतिमा प्रदेशको नामाकरण गर्न सफल भएको बताए । उनले यो विषयमा भएको आलोचना र विरोध भइरहेको भएपनि यसलाई वार्ता र सम्वादको माध्यमबाट हल गरिने बताए । कोशी प्रदेशको महत्वपूर्ण संरचना बनाउन बाँकी रहेको भन्दै उनले २०८४ साल अघि नै यो काम सम्पन्न गर्ने जानकारी दिए ।
आज कोशी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदको कार्यालय, मन्त्रालय र विभिन्न कार्यालयको भवन नहुँदा भाडामा र जीर्ण अवस्थाका भवनबाट काम चलाइरहेको भन्दै उनले यो आर्थिक वर्षभित्रमा जग्गा प्राप्तिको काम सकेर २०८४ सालसम्ममा निर्माण सम्पन्न गर्ने गरि तयारी गरिरहेको बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सभा स्थापना भएको ७ वर्षमा प्रदेश सभाबाट ७५ वटा विधेयकहरु पास गरेको र यीमध्ये ६६ विधेयक प्रमाणिक भइसककेको जानकारी दिए।
सम्बोधनका क्रममा ३१ वटा नियमावली र १७ वटा निर्देशिका र ६७ वटा कार्यविधि र ५ वटा गठन आदेश स्वीकृत गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले यो प्रदेश सरकारको उपलब्धि रहेको चर्चा गरे ।