विराटनगर । कोशी प्रदेश स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ ।
कोशी प्रदेश आईटिएफ तेक्वान्दो संघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरे र कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव कृष्ण बस्नेत परशुरामले उद्घाटन गरे । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएर आएका १३५ जना जना खेलाडी सहभागी छन् ।
कोशी प्रदेशका ९ वटा जिल्लाबाट प्रतियोगितामा सहभागी रहेको कोशी प्रदेश आईटिएफ तेक्वान्दो संघका अध्यक्ष प्रविन कार्कीले बताए । प्रतियोगिता भोलिसम्म सञ्चानल हुने छ ।