विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ नेपालको होचो स्थान कचनकवललाई विश्वको उच्च स्थानमा सगरमाथासम्म जोड्न उपयोगी हुने बताउनुभएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुग्नुभएका उहाँले यसको पूर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षअघि खुम्बु पासाङल्हामु वडा नम्बर १ खरिखोलाबाट वडा नम्बर २ सुर्केसम्म ट्रयाक खन्न सुरु भएको २५ किलोमिटर सडक करिब १६ करोड रुपियाँको लागतमा निर्माण भएपछि पर्यटकीय पदमार्ग सञ्चालनमा आएको हो । परियोजनाका लागि पालिकाले स्थानीय जलविद्युत् आयोजना सिल्क पावर र दूधकोशी छैटौसँग साझेदारी गरेको छ ।