Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दमकमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु



दमक । झापाको दमक नगरपालिका १० सेतुमारी चोक नजिक भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी झापाको गौरादह नगरपालिका ५ बस्ने ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राई भनिने ओमकुमारी राईको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका ८ का २७ वर्षीय विराज थापा घाइते भएका छन् । उनको उपचार बी एण्ड सी अस्पताल विर्तामोडमा भइरहेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार