Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय स्थानान्तरण



विराटनगर । कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ ।
आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गर्नु भएको हो ।

मन्त्री राईले भवन उद्घाटन गर्दै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नयाँ भवनबाट सञ्चालन गर्ने बताउनु भयो । खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम) ले बोर्डले नयाँ भवनबाट सेवा प्रवाह गर्ने बताउनु भयो ।

यसअघि विराटनगर महानगरपालिका शनिहाटस्थित रहेको भाडाको भवनबाट कार्यालय हाल विराटनगरस्थित नापी कार्यालय अगाडि रहेको मोरङ जिल्ला खेलकुद विकास समितिको साविकको कार्यालयमा स्थानान्तरण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार