विराटनगर : मोरङको रतुवामाई नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ७८ करोड ९० लाख ३३ हजार बराबरको बजेट ल्याएको छ ।
सोमबार उपप्रमुख दमयन्ता चुडालले १४ औँ नगरसभामा बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
संघीय सरकारबाट प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगतको वित्तीय समानीकरण अनुदान १५ करोड ५१ लाख, संघीय सरकारबाट राजश्व बाडफाडबाट १३ करोड ३७ लाख, घर जग्गा रजिस्ट्रेसन करको बाडफाडबाट प्राप्त हुने ३ करोड ३० लाख, प्रदेश सरकारबाट प्राप्तहुने वित्तीय समानीकरण अनुदान ९९ लाख १२ हजार, प्रदेश सरकारबाट सवारी साधनको कर बाडफाडबाट ७२ लाख ५५ हजार प्राप्त हुने नगरपालिकाले जनाएको छ ।
यस्तै नगरपालिकाको आन्तरिक आम्दानी २ करोड ५० लाख हुने बजेटमा उल्लेख छ ।
स्थानीय राजश्व बाडफाड बाट ५ लाख, संघीय शसर्त अनुदान चालु तर्फ २९ करोड ९२ लाख, संघीय शसर्त अनुदान पुजीगत तर्फ २ करोड ८५ लाख, प्रदेश सरकार सशर्त अनुदान चालु तर्फ ३३ लाख ३३ हजार, प्रदेश सरकार सशर्त अनुदान पुजीगत तर्फ २ करोड २४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान १ करोड ३० लाख रहेको बताइएको छ ।