Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश सरकारले ल्याएको बजेट पारित



विराटनगर : कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट पारित भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले गत असार १ गते प्रदेशसभामा पेस गरेको बजेट शनिबार पारित भएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

चालुतर्फ १४ अर्व ४७ करोड २३ लाख र पूजीँगत तर्फ १६ अर्व २० करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै उक्त खर्चका लागि प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुयैपाँ राजश्व मार्फत उठाउने लक्ष्य लिएको छ ।

प्रदेश सरकारले राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

यसैगरि समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने बजेटमा उल्लेख छ ।

सरकारले पूर्वाधारका लागि १० अर्ब ४१ करोड बजेट विनियोजन गरेको छ भने कृषिका लागि २ अर्ब ६७ करोड, खानेपानी तथा ऊर्जामा ४ अर्ब ७६ करोड, स्वास्थ्यमा ३ अर्ब ५८ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पर्यटन, वन तथा वातावरणमा २ अर्ब ८२ करोड, शान्ति सुरक्षा, सूचना तथा संचारका लागि १ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार