Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एसईईको नतिजा असार दोस्रो साता



काठमाडौं : एसईईकाे नतिजा असार दाेस्राे साता सार्वजनिक हुने भएकाे छ।

गत चैतमा सम्पन्न एसईई परीक्षाकाे नतिजा यही असार दाेस्राे साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा बाेर्डले बिएल नेपाली सेवालाई जानकारी दियाे।

बाेर्डकाअनुसार नतिजा प्रकाशनका लागि अहिले अन्तिम चरणकाे काम भइरहेकाे छ।

गत वर्ष चैतमा सम्पन्न परीक्षामा देशभरिबाट पाँच लाख बढी परीक्षार्थी सहभागी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार