Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो



विराटनगर : १७ औँ गणतन्त्र दिवसका उपलक्ष्यमा कोशी प्रदेश सरकारले विराटनगरमा प्रभातफेरी, कोणसभा र सरसफाइ कार्यक्रम गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी रोडशेष चोक, पाञ्चाली चोक, बसपार्क एवं महेन्द्र चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी, विभिन्न मन्त्रालयका सचिव, प्रदेश कार्यालयका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता थियो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले नेपाली जनताले ठूलो त्याग एवं बलिदानपछि ल्याएको सङ्घीय गणतन्त्रको संरक्षण र संवद्र्धन गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताए । उनले गणतन्त्र ल्याउन आफ्नो जीवन आहुती दिने ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार