Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनवर्षीमा करेन्ट लागेर एक जनाको मृत्यु



विराटनगर : मोरङको सुनवर्षीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सुनवर्षी नगरपालिका– ९ स्थित डाइनियाका ३५ वर्षीय उमेशप्रसाद साहको मृत्यु भएको हो ।

साहले आफ्नै घरमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए । सोमबार राति फोटो स्टुडियो सञ्चालन गरिएको कोठाभित्र काम गरिरहेका बेला ल्यापटपमा पेनड्राइप जोड्ने क्रममा अचानक करेन्ट लागेर साह घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ १०ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

साहको शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार