Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु: सन्दीप लामिछाने



काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत विश्वकप खेल्ने देशको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका हुन्।

‘इमान्दारीपूर्वक भन्नुपर्दा, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ’, उनले लेखेका छन्।

बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्दै विश्वकप खेल्न पठाउने तयारी गरेको थियो। तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको विश्वकप खेल्ने सपनामा अधुरै भएकाे थियाे।

प्रतिक्रिया
सम्बन्धित समाचार