विराटनगर : इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ ।
मंगलबार बिहान सम्पन्न भएको मत गणनामा मिलनले १० प्रतिशत मत कटाउन नसकेका छन् ।
प्रतिनिधिसभातर्फ खसेको कुल सदर मतको १० प्रतिशत मत नआए स्वतः जमानत जफत हुने व्यवस्था छ ।
लिम्बूले ५ हजार ५० मत ल्याएका छन् । मिलनले प्राप्त गरेको मत ७.३७ प्रतिशत मात्रै हो ।
निर्वाचन आयोगका अनुसार इलाममा ६९ हजार २८७ मत खसेपनि ६८ हजार ४ सय ७२ मत सदर भएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’