विमल दहाल, इलाम : इलामको माई नगरपालिका २ डिपुडाँडामा गएराती छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या गरेका छन् ।
घरायसी विवाद हुँदा २१ बर्षिय छोरा सन्देश दियालीले वाङफोक (खुकुरी) प्रहार गरि ३१ वर्षीया सौतेनी आमा नेत्रमाया खवास दियालीको हत्या गरेको इलाम प्रहरीले जनाएको छ ।
उनीहरुबीच घरायसी लेनदेनको विषयमा कुरा नमिल्दा विवाद भई हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
नेत्रकलाका श्रीमान भने बैदेशिक रोजगारीमा रहेको छन । हत्या गर्ने सन्देशलाई मध्यरातनै प्रहरीले नियन्त्रणमा लिईसकेको छ । हत्याको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै माई २ स्थित रातेखाडीका २५ वर्षीय रमेश योगी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन ।
बिधुतको बोर्ड समेत भत्किएको अवस्थामा उनी औच्यानमासुतिरहेको ठाउँमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन ।
करेन्ट लागेर उनको ज्यान गएको हुन सक्ने वताईएको छ । गाडी चालक रहेका योगी शनिवार राति आएर कोठामा सुतेका थिए ।