Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा मोटरसाइलक दुर्घटना हुँदा तीन जनाको मृत्यु



विराटनगर : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

विपरीत दिशाबाट आएको प्रदेश १– ००१–००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उनीहरूको उपचारको क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए। प्रहरीका अनुसार मृतकको पहिचान खुलिसकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार