Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तस्बिरमा हेर्नुहोस् सुनवर्षी मेला



विराटनगर : मोरङको रतुवामाई नगरपालिका ५ गोविन्दपुरस्थित राजा सुनवर्षीको थानमा पुजा अर्चाना गरी सिरुवा मेला सम्पन्न भएको छ ।

तराईका आदिवासी समुदाय ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाई पूजाआजा गरी मेला भर्ने प्रचलन रहेको छ ।

धार्मिक पर्यटनका रुपमा रहेको यो क्षेत्रमा सिरुवा वर्षको अवसरमा प्रत्येक नयाँ वर्षको दिन सुनवर्षी महाराजको थानमा मेला लाग्ने गर्दछ ।

मेला भर्न एवंम सुनवर्षी महाराजको ग्रामथानमा पुजा अर्चाना गर्न पूर्वी तराईको झापा र मोरङ र सुनसरी र दक्षिणी भारतकासमेत मानिसहरु आउने गर्दछन ।

सुनवर्षी महारजाको ग्राम थानमा पुजा गरेमा आफूले चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ । ५० वर्ष अघि सो स्थानमा मेला लाग्दा पोखरीमा रहेको गोहीले मेलामा आउने भक्तजनहरुलाई भाडा कुडा दिने गरेको जनश्रुति रहेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार