विराटनगर : धनकुटाबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा आइतबार राति ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले भनकुटाको साँगुरीगढी गाँउपालिका-६ स्थित भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको गाँजा बरामद गरेको हो ।
तराकारी बोक्ने मिनिट्रकमा गाँजा गरेर राखिराखेको अवस्थामा बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा प्रहरीले ५४४ किलो गाँजा बरामद गरेको हो । उक्त गाँजा तारकारीको बोराभित्र प्याक गरेर लुकाइएको थियो ।
प्रहरीले गाँजा र सवारी साधन नियन्त्रणमा लिएको छ । सवारी चालक भने फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।