विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर-८ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साइकललाई ठक्कर दिँदा स्थानीय ७९ बर्षी डम्बरु प्रसाद निरौलाको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाईते भएका उनलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसका चालक सुनसरीको धरान उपमहानगरपालिका- २० का बल बहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।