विराटनगर : आठौँ संस्करणको विराट गोल्डकपको उपाधिका लागि आज घरेलु टिम सांग्रीला मोरङ र मछिन्द्र एफसी काठमाडौं भिड्दैछन् । फाइनल खेल शनिबार साँझ ६ः४५ बजेदेखि सहिद रंगशालामा हुँदैछ ।
डिफेन्डिङ च्याम्पियन विभागीय एपीएफ र पाहुना टोली भुटानको आरटिसी एफसीलाई हराउँदै संग्रीलाले फाइनलको यात्रा तय गरेको हो ।
यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वार्टरफाइनलमा कोलकाताको साउथर्न र सेमिफाइनलमा सिक्किम ड्रागन भारतलाई हराएर फाइनल पुगेको हो ।
गत चैत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागी थिए ।
गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।