Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अमेरिकामा परशु प्रधान र दधिराज सुवेदीको स्मृति सभा सम्पन्न



अमेरिक : अमेरिकाको मेरिल्याण्ड राज्यमा साहित्यकार परशु प्रधान र दधिराज सुबेदीको स्मृतिमा शोक तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

आइतबार गेथेस्बर्गको लाइब्रेरीमा सङ्ग्रिला डायलगले श्रद्धाञ्जली सभाको आयोजक गरेको हो ।

कार्यक्रममा लेखक साहित्यकारहरुले स्वर्गीय साहित्यकारद्वय परशु प्रधान र दधिराज सुबेदीको देहावसानले नेपाली सहित्य क्षेत्रमा ठूलो क्षति पुगेको बताए।

कार्यक्रममा सीता पाण्डे, शैलेन्द्र साकार, योगेश उपाध्याय, गण्डकीपुत्र र भावना बिस्टले दिवङ्गत साहित्यकार द्वय प्रधान र सुबेदीका बारे आफ्ना अनूभूतिहरु राखेका थिए ।

यस्तै कवि तारा पराजुलीले आफ्नो मुक्तकद्वारा यसरी प्रधान र सुबेदीलाई यसरी सम्झिइन् –
भुल्नै नसक्ने माहोल छाडेर
अनेकौं कृतिहरु अनमोल छाडेर
युगौँयुगसम्म बाँचिरहने छौ तिमी
टाढा टाढा गएपनि यो भूगोल छोडेर।
                               
केहिले वारि त कहिले पारि सम्झेर
फुल्दै गरेको सिर्जनाको वारि सम्झेर
बिर्सनै सकिन्न तिमीलाई सम्झिइरहुँला
तिमीले रोपेको बरपिपल चौतारी सम्झेर।

त्यस्तै साहित्यकार तथा आयोजक संस्था साङ्गृग्रिला डाइलगकी अध्यक्ष सिता पाण्डेले स्व प्रधान र सुबेदीले साहित्य क्षेत्रमा दिएको देनलाई नेपाल र नेपालीले भुल्न नहुने बताइन् ।

उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार शैलेन्द्र साकारले गरेका थिए भने संचालन प्रकाश नेपालले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार