Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनकोशीमा बेपत्ता भएका उदयपुरका तीन बालबालिकाको शव फेला



विराटनगर : होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका उदयपुरका तीन जना बालबालिकाको शव फेला परेको छ ।

आइतबारबाट बेपत्ता रहेका उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने ६ वर्षीय रिदम मगर, ९ वर्षीया रेखा मगर र १२ वर्षका लोकचन्द्र मगरको शव फेला परेको हो ।

उनीहरुमध्ये रिदमको मंगलबार साँझ, रेखाको शव बुधबार बिहान र लोकचन्द्रको शव आज दिउँसो फेला परेको हो ।

उदयपुर प्रहरीका अनुसार रेखा र लोकचन्द्रको शव त्रियुगा नगरपालिका १४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको हो । रिदमको शव भने खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार