विराटनगर : गत आइतबार होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।
आइतबारबाट बेपत्ता रहेका उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने ९ वर्षीया रेखा मगरको शव बुधबार बिहान भेटिएको हो । यस्तै सोही ठाउँका ६ वर्षीय रिदम मगरको शव फेला मंगलबार परेको थियो ।
उदयपुर प्रहरीका अनुसार रेखाको शव त्रियुगा नगरपालिका १४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको हो । रिदमको शव भने खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।
बेपत्ता रहेका ९ वर्षका लोकचन्द्र मगर भने अझै बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।