विराटनगर : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको वित्तीय अपराध एजेन्सीले बिहीबार केजरीवाललाई सहरको मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा पक्राउ गरेको हो ।
आम आदमी पार्टीका मुख्य नेताहरू जेलमा छन् । गत वर्ष मात्रै उही मुद्दामा केजरीवालका दुई सांसदलाई समेत पक्राउ गरेको थियो ।
दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।
दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।