Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धोनीले राजीनामा दिएपछि रुतुराज बने चेन्नाईको नयाँ कप्तान



विराटनगर : महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंग्सको कप्तानीबाट राजीनामा दिएका छन् । धोनीले आईपीएलको मुखैमा आएर कप्तानबाट राजीनामा दिएका हुन् ।

आईपीएल २०२४ शुक्रबारबाट सुरु हुँदै छ । त्यसको एकदिन अघि धोनीले कप्तानी छाडेका हुन् ।

धोनीको स्थानमा युवा ओपनर रुतुराज गायकवाडलाई चेन्नाईले नयाँ कप्तान बताएको छ । रुतुराज २०१९ देखि चेन्नाई सुपर किंग्सबाट खेलिरहेका छन् ।

उनले हालसम्म आईपीएलमा ५२ खेल खेलेका छन् ।

४२ वर्षीय धोनीले २००८ मा आईपीएल सुरु भएदेखि चेन्नाई सुपर किंग्सको कप्तानी गर्दै आएका छन् । २०२२ को सुरुमा रविन्द्र जडेजालाई कप्तान बनाएपनि आठ खेलपछि धोनी कप्तानको रूपमा फर्किएका थिए ।

उनले आईपीएलका २१२ खेलहरूमा सिएसकेको नेतृत्व गरेका छन् । तीमध्ये १२८ जितेका छन भने ८२ खेल हारेका छन् ।

विश्वमा छुट्टै छवि बनाएका धोनीले अगस्ट १५, २०२० मा आफ्नो अन्तर्राष्ट्रिय सन्यासको घोषणा गरेका थिए । उनले भारतलाई २००७ को विश्व ट्वान्टी २० उपाधि, २०११ को विश्वकप र २०१३ च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए । आईपीएलमा धोनीले यसवर्षपछि सन्यास लिने बताइएको छ । तर, यसबारे धोनीले बोलिसकेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार