विराटनगर : विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक वृद्धको मृत्यु भएको छ ।
बिहीबार बिहान विराटनगर विमानस्थलमा अचेत भएर लडेका पाँचथरको फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो ।
उनी बिहान १० बजे १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन लाइनमा उभिरहेका बेला लडेका थिए ।
लाइनमा बसिरहेका गुरुङ अचानक लडेपछि उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गराएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।