Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा टि-२० क्रिकेट हुने



विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा टि-२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

रतुवामाई-४ स्थित गढी महाराजथान रंगशालामा प्रथम गढी महाराजथान कप हुने भएको हो । प्रतियोगिता चैत २२ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष रुपनारायण शर्माका अनुसार प्रतियोगिताको विजेताले ३५ हजार रुपैयाँ र उपविजेताले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसबाहेक हरेक खेलमा म्यान अफ द म्याच, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई म्यान अफ द टुर्नामेन्ट र उत्कृष्ट बलरलाई पनि पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

प्रथम गढी महाराजथान कपमा सहभागी हुने टिमले चैत १९ गतेसम्म टिम दर्ता गर्नुपर्ने छ । त्यसका लागि हरेक टिमले दर्ता शुल्क वापत ५ हजार रुपैयाँ तिनुपर्ने शर्माले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार