होटल रोयल किचन, / फाइल तस्बिर
विराटनगर : मोरङको विरटानगरमा एक जना युवा मृत अवस्थामा फेला परेका छन् । विराटनगर-९ स्थित होटल रोयल किचनमा क्षितिज घिमिरे मृत अवस्थामा फेला परेका हुन् ।
घिमिरे सिटिजन बैंकमा कार्यरत थिए । उनी सोमबारदेखि बेपत्ता भएका थिए ।
छोरा सम्पर्कबिहीन भएपछि उनका बुबाले प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा मंगलबार बिहान घिमिरेको शव उक्त होटलको कोठा नम्बर १०९ मा भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ