Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेलीका आगलागी पीडितलाई राहतको व्यवस्था गर्न सांसद पोखरेलको माग



विराटनगर : मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले रंगेलीका आगलागी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सांसद पोखरेलले पीडित परिवारलाई तत्काल राहत र उद्धारका लागि तीनै तहका सरकार र सरोकारवालाहरुसंग आग्रह गरेका हुन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै उनले आगलागीबाट प्रभावित भएकाहरुप्रति गहिरो सहानुभूतिसमेत प्रकट गरेका छन् ।

रंगेलीमा शनिबार दिउँसो आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन् । आगलागीबाट पीडित भएकाहरू नजिकैको गाई फार्ममा बसिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार