काठमाडौं । गृहमन्त्री रबि लामिछानेले यस अघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरु गरेको स्वजगरण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
जीवन विज्ञानले गर्न लागेको बृहत आध्यात्मिक अभियानका विषयमा बिहिबार गृहमन्त्री रबि लामिछाने र पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको सामुहिक छलफलमा लामिछानेले सो प्रतिबद्धता जनाएका हुन् । छलफलमा गृहमन्त्री लामिछानेले अभियान राम्रो र कर्मचारीका लागि आवश्यक भएको बताउँदै यसलाई निरन्तरता दिने र अभियान अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफु गृहमन्त्री हुदाँ आध्यात्मिक जागरणका लागि स्वजागरण अभियान सुरु गरेको बताए । धर्म र सम्प्रदाय भन्दा माथि बैज्ञानिक अध्यात्ममा काम गरिरहेको पाएकाले स्वजागरण अभियानका लागि जीवन विज्ञानसँग सहकार्य गरेको उनको स्पाष्टोक्टी थियो ।
छलफलमा सहभागी मुख्य सचिब डा. बैकुण्ठ अर्यालले आफु जीवन विज्ञानका कार्यक्रममा सहभागी भएको र मानिसलाई चाहिएको सुख, शान्ती र समृद्धिका लागि कार्य गरेको पाएको बताउँदै चैत १७ गतेदेखि लुम्बिनीमा हुने विराट चक्र विज्ञान कार्यक्रममा पनि सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।
जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले जीवन विज्ञानले बृहत आध्यात्मिक अभियान सुरु गरेको बताउँदै त्यसको प्रशिक्षण कक्षाका रुपमा चैत्र १७ गतेदेखि २३ गतेसम्म चक्र विज्ञान कार्यक्रम राखिएको बताए । ५ हजार १ जना सहभागी हुने कार्यक्रम सहभागीले सात दिन योग र ध्यानका विभिन्न अभ्यास गरी आफ्ना ऊर्जा केन्द्रहरुलाई सक्रिय र सन्तुलित बनाउने बताए ।
छलफलमा गृहसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल प्रहरीका महानीरिक्षक बसन्त बहादुर कुवँर, शसस्त्र प्रहरी महानीरिक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानीरिक्षक टेकप्रसाद राईलगायतको सहभागीता थियो ।