Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लायन्स क्लब अफ बिर्तामोड लेडीद्वारा देविस्थान मन्दिरमा सहयोग



विराटनगर : लायन्स क्लब अफ बिर्तामोड लेडीले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० रहेको एक मन्दिरलाई सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच लायन्स क्लबले रतुवामाई-१० मा रहेको देविस्थान दुर्गा मन्दिरको रंगरोगनमा सहयोग गरेको हो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओलीको अगुवाईमा मन्दिरमा रंगरोगन गर्न सहयोग गरिएको बताइएको छ ।

सामाजिक काममा सक्रिय रहेको क्लबले यसअघि पनि रतुवामाईका विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार