Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कटारीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १५ जना घाइते



विराटनगर : उदयपुरको कटारीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो ४ बजे कटारी बजारबाट सिरिसेतर्फ जाँदै गरेको ना १ ज ८३३३ नम्बरकोे बोलेरो कटारी ७ मर्जेटपुर–गोठडाँडाको भित्री सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी कटारी ८ सिरिसेका ७० वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

बोलेरो ब्रेक फेल भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले कटारी अस्पतालबाट थप उपचारका लागि विराटनगर ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार