Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मिसन ८४ लिएर अघि बढेको छ, अर्को निर्वाचनमा ठूलो शक्ति हुन्छौं : अध्यक्ष ओली



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा एमाले देशको सबैभन्दा ठूलो पार्टी बन्ने बताएका छन ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले एमालेले मिसन ८४ लाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

अहिलेको सत्ता गठबन्धन सरकार टिकाउने खेलमा मात्रै रहेको उनको भनाइ छ । उनले भने, ‘वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको छ  । नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न सकेन ।’

यस्तै ओलीले सरकार भ्रष्टाचारको विषयमा गम्भीर नबनेको आरोप लगाए । सरकारले उच्च ओहदामा रहेकालाई पनि सत्यतथ्य रुपमा छानबिन गर्नुपर्ने बताए ।

एमाले सरकार बनाउने र भत्काउने खेलमा नरहेको बताउँदै ओलीले कांग्रेस प्रतिगामी सोच बाकेर अघि बढिरहेकाले सरकार परिवर्तनको सम्भावना नरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार