काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र युरोपियन युनियन (इयु) का प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।
बुधबार सिंहदरबारस्थित लेखा समितिको कार्यालयमा इयुका प्रतिनिधिले लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग भेटवार्ता गरेका हुन् ।
भेटमा भाइचारा सम्बन्धको विकास र एक अर्काको अनुभव आदानप्रदान भएको सभापति पोखरेलले जानकारी दिए ।
यस्तै आधुनिक प्रविधिको उच्चतम प्रयोग, अध्ययन अनुसन्धान, अन्तर्राष्ट्रिय स्तरमा भइरहेका नयाँ अभ्यास र क्षमता अभिवृद्धिका साझा विषयहरूमा छलफल भएको पोखरेलले बताए ।