काठमाडौं : काठमाडौँको सितापाइलामा एक घरमा तीन जनाको शव फेला परेको छ।
बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित सितापाइलाकाे एक घरभित्र तीन जनाको शव फेला परेको हो।
स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ । बाबु सोलुखुम्बुका राजु घिमिरे भने फरार रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ र २ वर्षीया छोरीको हत्या भएको हो ।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।