Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा राष्ट्रपति रनिङ शिल्ड सुरु



इटहरा : मोरङको रतुवामाई नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

रतुवामाई नगरपालिकाको आयोजना र सरस्वती माध्यमिक विद्यालय रतुवामाई -८ इटहराको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

शनिबारबाट सुरु भएको कार्यक्रमको समापन फागुन ८ गते हुनेछ ।

कार्यक्रममा रतुवामाईका मेयर नागेश्वर सिंहले ब्यानरमा हस्ताक्षर गरेर रनिङ शिल्डको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि बोल्दै नगर प्रमुख सिंहले चौतर्फी विकासका लागि खेल अपरिहार्य भएको र यसको विकासका लागि प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख दमन्तादेवी चुडालले नगरपालिकाले खेलकुद क्षेत्रलाई महत्त्वका साथ हेरेको बताइन् । ‘विद्यालय स्तरमा गरिने खेलकुद प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा टेवा पुग्छ’, उपप्रमुख चुडालले भनिन्, ‘ विद्यार्थीको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धिका लागि खेलकुद अपरिहार्य छ ।’

प्रतियोगितामा रतुवामाई नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् ।

उक्त प्रतियोगितामा खेलकुद परिषद्बाट सहभागी प्रशिक्षकहरुले खेल खेलाउने छन् । प्रतियोगितामा तीन सय बढी खेलाडीको सहभागीता रहने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार