काठमाडौं । रामेछाप नगरपालिकाकाका प्रमुखका स्वकीय सचिवको बनभोजमा खाना सर्कदा निधन भएको छ ।
नगरपालिकाका कर्मचारीले शनिबार आयोजना गरेको वनभोजमा खाना सर्केर मेयर लवश्री न्यौपानेका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको निधन भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आयोजना गरिएको वनभोजमा खाना खाने क्रममा सर्केपछि श्रेष्ठले लामो समयसम्म खोकेका थिए ।
लगातार खोकी ठिक नभए पछि शिथिल बनेपछि उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर बोलाए पनि हेलिकोप्टर नपुग्दै उनको मृत्यु भएको हो ।