Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको केन्द्रीय सदस्यबाट ऐन महर बर्खास्त



विराटनगर : नेकपा एमालेले ऐन महरलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको  सचिवालय बैठकले महरसहित दुई जना नेतालाई केन्द्रीय सदस्यबाट हटाएको हो ।

एमालेले सिराज अहमद फारुकीलाई पनि केन्द्रीय सदस्यबाट हटाएको छ । तर, नेकपा एमालेका प्रचार विभाग प्रमुख रोजेन्द्र गौतमले भने उनीहरुले राजीनामा दिएको र केन्द्रीय कमिटीले त्यसलाई स्वीकृत गरेको भनेर विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘बैठकले दुई जना केन्द्रीय कमिटीका सदस्यहरु अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ।’

एमालेको उच्च स्रोतका अनुसार उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त गरिएको निर्णय सार्वजनिक गर्दा विभिन्न कारण खुलाउनुपर्ने भएकाले राजीनामा स्वीकृत गरिएको भनेर विज्ञप्ती जारी गरिएको ती नेताले बताए ।

अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका महरको यौन विचलनमा परेको अडियो सार्वजनिक भएको थियो भने फारुकी आर्थिक बिचलनमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार