Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी छ : सभामुख घिमिरे



विराटनगर : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरु योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने बताए ।

सभामुख घिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवं सम्पूर्ण नागरिकले एकताबद्ध हुनुपर्ने बताए ।

उनले संसदको चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गर्दै उनले भने “सरकारले संसदको चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी आएको छ । त्यसैले संसदलाई बिजनेसको खाँचो हुने छैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार