Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईका क्यान्सर पीडित राईको उपचारमा सहयोगको याचना



विराटनगर : क्यान्सर पीडित मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय विशाल राईलाई उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

पेटको क्यान्सरबाट पीडित राईको भारतको सिलगुडीस्थित साई अस्पतालमा उपचार भईरहेको छ ।

उनको पेटमा क्यान्सर भएको छ । आर्थिक विपन्न परिवारका राई परिवारसँग भएको पैसा छोराको उपचारमा सकिएपछि थप उपचारको लागि आर्थिक अभाव भएको उपचारमा सहयोग गर्न परिवारले याचना गरेको छ । राई रतुवामाई नगरपालिकाका फुटबल खेलाडीसमेत हुन् ।

राईको उपचारमा सहयोग गर्नका लागि अहिले रतुवामाईका युवाहरुले अभियान पनि चलाइरहेका छन् । उनीहरुले सहयोगका लागि बरदाई राईको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०९७०५०८००२७६०१ मा सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार