गणेश उप्रेती ‘शुशिल’
महान जनयुद्ध !
तिमी बिहानको उज्यालो थियौ,
उत्पीडितहरुको मसिहा !
प्रतिबन्धित स्वरहरुका डरलाग्दो कासन।
तिम्रो प्रहारको चोट्ले,
मृत्यु सय्यामा पुगेका प्रेतात्माहरु,
तिम्रा अनुयायीहरु कमजोर भएको बेला !
अध्यारा खोपिबाट तिम्रो जन्मोत्सव बहिस्कारको,
निम्छरा उर्दी फलाकेर ,
तिम्रो जिबनको सार्बभौमिक सत्य ,
तिम्रो जिबनको अनिवार्य लक्ष्य ,
नहुनुको बिगुल बजाउन !
तिम्रै रक्त रन्जित आकाश मुनी बसेर,
लाज पनि लजाउने गरि तम्सियेको थाहा पायौ!?
महान जनयुद्ध !
भुतहरुलाई जीवन मन पर्दैन!
अनि जन्मोत्सव किन मनाउनु?
भुतहरुलाइ उज्यालो मन पर्दैन !
अनि जनयुद्ध किन रुचाउनु?
भुतहरुलाइ त बिगत मन पर्छ।
जो कहिल्यै फर्कदैन!
भुतहरुलाई त ओइलिनु मन पर्छ।
जो कहिल्यै फक्रदैन !
भुतहरुलाई उल्टो गति मन पर्छ ।
जो कहिल्यै दौडिदैन ।
महान जनयुद्ध !
तिमी त बर्तमान अनि भबिस्य !
फुलबारीको फकृदै गरेको गुलाब !
एउटा बेगवान तुफान !
भुतहरु यो गहिरो भाष्य बुझ्दैनन !
किनकी भुतहरु कहिल्यै सोच्दैनन ।
म सधै गर्व गर्छु!
तिम्रो जन्मोत्सव मनाउन,
किनकी मलाई उज्यालो मन पर्छ ।
तिम्रो उज्यालो को रापले,
आँखा गुमाएकाहरुले ,
शुभ जन्मोत्सव भनुन वा नभनुन !
हज्जारौं लाखौ उत्पीडित एकै स्वरमा भन्छन् ,
महान जनयुद्ध जिन्दावाद !
फाल्गुन १ जिन्दावाद !!