Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लिम्चुङबुङले ‘जनयुद्ध दिवस’मा दियो सार्वजनिक विदा



विराटनगर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले यसअघि जनयुद्ध दिवसमा विदा दिन सरकारले गरेको निर्णयलाई खारेज गरेको थियो । तर, अदालतबाट खारेज भएपनि लिम्चुङबुङमा भने विदा दिइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले एक विज्ञप्ती जारी गर्दै गाउँपालिकामा सार्वजनिक विदा दिइएको जानकारी गराएका छन् । पालिकाले अध्यक्षस्तरीय निर्णय गर्दै विदा दिएको छ ।

जनयुद्ध दिवसको अवसरमार अघिल्लो वर्ष संघीय सरकारले नै विदा दिएको थियो । तर, पुस १३ गते सर्वोच्च अदालतका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा दिइएको विदा असंवैधानिक भएको ठहर गरेको थियो ।

तथापि माओवादीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले भने आफ्नो क्षेत्रमा सार्वजनिक विदा दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार