दमक : झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं ३ मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते बनेका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ वर्षीया लीला गौतम घाइते भएकी छन् ।
दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले जनाकारी दिए ।