Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

किड्स भिलेजले मनायो १० औँ वार्षिकोत्सव



विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको किड्स भिलेज स्कुलले १० औँ वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना उत्सव मनाएको हो ।

विराटनगरको गुरुकुलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका अध्यक्ष मदन खतिवडाले अध्यक्षता गरेका थिए ।

प्रमुख अतिथि राउतले विद्यालय सफल रुपमा निरन्तर अगाडि बढ्दै जाओस् भन्ने शुभकामना दिए । उनले शिक्षक, अभिभावक, विद्यार्थी र शैक्षिक वर्गको आपसी समन्वय भएमा मात्रै शिक्षामा आमूल परिवर्तन हुने भन्दै गुणस्तरीय तथा प्राबिधक शिक्षा प्रदान गर्नु आजको आवश्कयता भएको बताए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तृतिहरु देखाएका थिए । विद्यार्थी रिदम अग्रवालले कार्यक्रममा सहभागीहरुलाई विद्यालयको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार