कटारी : उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ गराँसका रोशन थापामगरको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको तीन दिनपछि फेला परेको छ ।
तीन दिनअघि उनको प्रदेश २-०१-००१ प ४२५४ नम्बरको मोटरसाइकल हराएको थियो ।
मोटरसाइकल हराएसँग ट्राफिक प्रहरी कटारीले बुधबार उनको मोटरसाइकल फेला पारेको हो । ट्राफिक प्रहरी कटारीका इन्चार्ज मनोज श्रेष्ठका अनुसार मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइसकेको छ ।
बुधबार ईलाका प्रहरी कार्यालय कटारीमा कार्यालय प्रमुख डिएसपी सुभाष राई र इन्चार्ज श्रेष्ठले मोटरसाइकल मगरलाई बुझाएका हुन् ।