सरस्वती मावि इटहरा । फाइल तस्बीर
विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
रतुवामाई नगरपालिकाको आयोजना र सरस्वती माध्यमिक विद्यालय रतुवामाई ८ इटहराको व्यवस्थापनमा फागुन ५ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
चार दिन सम्म चल्ने प्रतियोगिताका सबै खेलहरु सरस्वती मावि इटहराको खेल मैदानमा हुने रतुवामाईका शिक्षा अधिकृत सुरेश निरौलाले जानकारी दिए ।
प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) तर्फ छात्रः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले, छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले), हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो हुने निरौलाले बताए ।
प्रतियोगितामा रतुवामाईभित्र रहेका मावि तहका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने बताइएको छ ।