Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पत्रकार अधिकारी पुरस्कृत



विराटनगर : कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार रञ्जना अधिकारी पुरस्कृत भएकी छन् ।

प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा मोरङको रतुवामाईकी पत्रकार अधिकारी पुरस्कृत भएकी हुन् ।

पुरस्कारको राशी १५ हजार रहेको छ । उनी रतुवामाईबाट सञ्चालित रेडियो सुनाखरीमा कार्यरत छिन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुरस्कार वितरण गरे ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले नेता विनोद ढकाल, पत्रकार महासंघ कोशीका महासचिव विवेक गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार