विराटनगर : प्रतिबन्धित लागू औषध गाँजासहित प्रहरीले मोरङको रतुवामाई नगरपालिकाका दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीको टोलीले सुनवर्षी नगरपालिका-६ स्थित झपडतलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रतुवामाई-१० का ५० वर्षीय महेन्द्र साह र ५० वर्षीया निरिसा देवी साह रहेका छन् ।
आमबारीबाट डाईनियातर्फ आउदै गरेको प्र. १-०२-००३ ह. १२१२ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
शरिरका विभिन्न भागमा लुकाएर लैजाने क्रममा उनीहरुको साथबाट ४ किलो ९०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
प्रहरीले अटो चालक ४५ वर्षीय लिल बहादुर कार्की समेतलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको बताएको छ ।